Monday, September 8, 2014

पर्वतेलीको साधारणसभा

बेलायत । पर्वत वेलफेयर सोसाइटी युकेको साधारणसभा सेप्टेम्बर १४ आइतबार दिन तमु भवन मिचेतमा हुने भएको छ । गतसाता दियाली इन्डियन रेस्टुरेन्ट नर्थक्याम्पमा सम्पन्न बैठकले साधारणसभाको आवश्यक तयारी पूरा गरेको हो ।
समाजका अध्यक्ष रशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ कार्यसमिति चयनका लागि खुसिमान गुरुङ, पूर्व अध्यक्ष पूरन गिरी र एकबहादुर पुन सम्मिलित निर्वाचन समिति गठन गरेको छ । बेलायतमा स्थापना भएका पर्वतेलीका विभिन्न संस्थाहरुबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति चयन गर्न कार्यसमिति एकमत रहेको बैठकमा सहभागी महासचिव दधि आचार्यले जानकारी दिए ।
बैठकमा संस्थाको भावी उदेश्य तथा रणनीति र विधानबारेमा पनि छलफल भएको थियो । त्यस्तै, समाजले प्रत्येक वर्ष आयोजना गर्दै आएको विविक्यु सफल बनाउन नरजङ गुरुङको संयोजनमा तयारी समिति गठन गरेको छ ।
यसै बीच बैठकले कुश्मा नगरपालिकामा गएको पहिरोमा परी मृत्यु हुने परिवारलाई सहयोग गर्न पूर्व अध्यक्ष पूरन गिरीको संयोजनमा राहत सङकलन समिति गठन गरिएको छ । पर्वत वेलफेयर सोसाइटी र कुश्मा समाज युकेले संयुक्त रुपमा राहत सङकलन गर्नेछ । पहिरोमा परी हरिलाल चापागाईंका तीन जना छोरीसहित श्रीमतीको मृत्यु भएको थियो ।
सो अवसरमा संस्थाका सल्लाहकार एवं एनआरएनए युकेका पूर्व अध्यक्ष कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष पूरन गिरी, उपाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ र गोविन्द गुरुङ, सालिजा समाजका एकबहादुर पुन, दुर्लुङ समाज युकेका अध्यक्ष जुवारी लाल गुरुङ, एभरेस्ट टाइम्स साप्ताहिकका हरिकाजी गुरुङ, सदस्य शक्तिमान गुरुङ, सल्लाहकारहरु खुसिमान गुरुङ, नरजङ गुरुङ, शिवशर्मा गुरुङ, हरि गुरुङ, धन क्षेत्री, शरद क्षेत्री, रामसिंह घले, बलबहादुर भण्डारी, ओमप्रसाद गुरुङ, टेकबहादुर गुरुङ, नारायण कोन्मे गुरुङ, रामसिंह घलेलगायत सहभागी थिए ।
महासचिव दधि आचार्यद्वारा सञ्चालित बैठकमा उपाध्यक्ष चन्द्रबहादुर गुरुङले स्वागत मन्तव्य दिए । बैठकमा सहभागी हुन नसकेका कोषाध्यक्ष दीपक जोशीको तर्फबाट महासचिव आचार्यले आर्थिक विवरण पेस गरेका थिए ।
साधारणसभाका लागि रवि लामिछानेले दुई सय पाउन्ड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठकमा सहभागी हुन नसकेका कोषाध्यक्ष दीपक जोशी, नेत्र आले र धन थापाले एपोलोजी पठाएका थिए ।

No comments:

Post a Comment