Monday, September 8, 2014

बिर्तामोडमा पार्किङ गर्न नपाइने

बिर्तामोड, भदौ २३ । बिर्तामोड नगरपालिका क्षेत्रमा बढदो सवारी चाप र अव्यवस्थित पार्किङका कारण सवारी दुर्घटना बढ्ने तथ्यलाई दृष्टिगत गरी बिर्तामोडको मुक्तिचोकबाट १ सय मिटर वरपरको क्षेत्रभित्र सडकमा सवारी साधन पार्किङ गरी राख्न नपाइने भएको छ। जिल्ला ट्राफिक कार्यालय, बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमुनिको संयुक्त सहकार्यमा उक्त निर्णय गरिएको हो । प्रहरीले जनाएअनुसार व्यापारिक प्रयोजनका सामानहरु पसल भन्दा बाहिर राख्न नपाइने भएको छ । प्रहरीले २ दिनदेखि माइकिङ गरी सम्बन्धित तथा सरोकारवाला सबैलाई जानकारी गराइएको उल्लेख छ ।
उक्त नियम यही भदौ २४ गतेदेखि लागू गरिएको जनाइएको छ । 

No comments:

Post a Comment